पत्रकार कुटेको आरोपमा धरानका मेयर हर्क साम्पाङका ५ समर्थक पक्राउ

धरानको पूर्वेली न्यूजमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका ५ जना समर्थक पक्राउ गरेको छ ।

स्वास्थ्य परिक्षण र उपचारका लागि बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई धरानका मेयर साम्पाङका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिनदेखि मेयर साम्पाङ र धमलाबीचमा विवाद हुँदै आएको थियो । विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाका विरूद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए ।

साम्पाङ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् । पक्राउ गरेलगत्तै उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पुर्‍याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर