तोलामा ३०० रूपैयाँ घट्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा तीन सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

त्यस्तै बुधबार प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रूपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ६० रूपैयाँ निर्धारण भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *