शुक्रबार मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आगामी शुक्रबार (४ साउन) मै ल्याउने भएको छ ।

यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए । तर, मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।

मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल सुरु भएको जनाइएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ ।

त्यसअनुसार मस्यौदा पेस भइसकेको छ । व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

बिहीबार व्यवस्थापन समितिको छलफलपछि शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

मंगलबार साँझ मन्त्रीसँग छलफल गर्नुअघि गभर्नर अधिकारीले बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पछि भेटघाट गरेका थिए ।

मौद्रिक नीति लचिलो बनाउने कि लचिलो भन्ने अहिले नै भन्न नसकिने उनले बताउँदै आएका छन् ।

केही दिनअघि राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ हरूसँग छलफल गरेका थियो । छलफलमा बैंकरहरूले नियामकीय नीति परिमार्जन मार्फत बैंकिङ क्षेत्रलाई सहज बनाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *