उच्च अदालत जनकपुरमा हालसम्मकै बढी मुद्दा फर्स्योट

उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्स्योट गरेको छ । मंगलबार उच्च अदालत जनकपुरले पत्रकार सम्मेलन आयोजना गरी आर्थिक वर्ष २०८०/०८१ मा ६५ प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्स्योट गरेको जानकारी दिएको हो ।

तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतले बढी मुद्दाको फर्स्याेट गरेको हो । उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्स्योट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्स्योट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ९ सय ७६ मुद्दा सरी आएका र नयाँ दर्ता भएका ४ हजार ४ सय २१ गरी ७ हजार ३ सय ९७मुद्दामध्ये ५ हजार २ सय ६३ मुद्दा फर्स्योट भएको उनले बताए ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्स्योट हुन बाँकी रहेको उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०/०८१ मा मुद्दाको फर्स्योट देशका अन्य उच्च अदालतभन्दा बढी रहेको अनुमान गरिएको छ ।

उच्च अदालत जनकपुरधाममा भ्रष्टाचारमा शून्य सहनशीलताका साथ न्यायसम्पादनको काम भएको मुख्य न्यायाधीश पौडेलले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर