५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका-७, ज्यामिरे बस्ने ३५ वर्षीय सन्तबहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सन्तबहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी, रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर