प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । आजै सत्तापक्षको मुख्य सचेतकमा नियुक्त नेकपा (एमाले) का सांसद महेश बर्ताैलाले दिएको जानकारीअनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो ।

संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई नेपाली कांग्रेसको साथ छ । संविधानको धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकूलता आउन सक्ने र त्यसपछि धारा ७६ (३) मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा छलफल चल्ने गरेका छन् । ओलीले यो बहसलाई समेत किनारा लगाउँदै सहज ढंगले अघि बढ्न तुरून्तै विश्वासको मत लिन चाहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *