सत्तापक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला

सत्तारूढ दलको मुख्य सचेतकमा नेकपा (एमाले) का सांसद महेश बर्तौलालाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार उक्त पदमा नियुक्त गरेका हुन् ।

एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधिसभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुने गरी मनोनयन गरिएको हो । मुख्य सचेतकलाई सत्तारूढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारूढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ ।

बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर