![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैन : उपप्रधानमन्त्री सिंह
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैन : उपप्रधानमन्त्री सिंह](https://www.pardafas.com/wp-content/uploads/2024/07/prakashman-singh-1.jpg)
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गरेका छन् ।
बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले अहिले नेपालीहरूले पाएको अधिकारका लागि महिलाहरूको योगदान अतुलनीय रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरूले दिएको योगदानलाई नजरअन्दाज गर्न नहुने बताए ।
‘अधिकार प्रप्त गर्नका लागि मंगलादेवीलगायतका महिला नेत्रीहरूको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई हामी बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरूलाई पुनः प्राप्ति गर्नको लागि मंगलादेवी सिंहलगायत शैलजा आचार्यहरू सबै जेल गएको कुरा तपाईं हामी सबैले बिर्सिनु हुँदैन,’ उनले भने, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानबाट प्राप्त गरेका जुन अधिकारहरू छन्, ती अधिकारहरू प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेत्रीहरूले धेरै ठूलो योगदान दिनुभएको छ ।’
उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिट्टै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताए ।
प्रतिक्रिया