कुटपिट गरेर बालकको हत्या आरोपमा एक जना पक्राउ

सुनसरीमा बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बराहक्षेत्र नगरपालिका-३, विस्थापित टोल बस्ने विक्रम विकका छोरा ६ वर्षीय अबि विकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय वीरबहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।

घटनाको जानकारीपछि अस्थायी प्रहरी चौकी, नडाहाबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वीरबहादुरले मादकपदार्थ सेवन गरी कुटपिट गर्दा अबि घाइते भएका थिए । अबिको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर