तोलाको डेढ लाख रूपैयाँ नजिक सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रूपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रूपैयाँ कायम भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रूपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर