भ्रष्टाचारमा संलग्न १५१६ जना कानुनी कठघरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ को एक वर्षको अवधिमा भ्रष्टाचारमा संलग्न १ हजार ५ सय ३० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरी उच्च सक्रियता देखाएको छ ।

भ्रष्टाचार गर्नेहरूविरुद्ध व्यापक अभियान थालेको अख्तियारले मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । अख्तियारको सक्रियतासँगै भ्रष्टाचारमा संलग्न १ हजार ५ सय ३० जना कानुनी कठघरामा पुगेका छन् ।

गत एक वर्षको अवधिमा अख्तियारमा ३५ हजार ३ सय ७२ वटा उजुरी परेकोमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरी अख्तियारले आफ्नो सक्रियता उजागर गरेको छ ।

यस अवधिमा अख्तियारले विभिन्न अनियमितताका २३० वटा मुद्दा दायर गरेको छ । त्यसमा ५२० जना राष्ट्रसेवक कर्मचारी परेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *