तीन वटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय सांसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

महिला समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा मधेसी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सङ्घीयता सबलीकरण समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *