तीन स्थानमा सवारी पट्के बाटो इजाजत राजस्व सङ्कलन केन्द्र उद्घाटन

कोशी प्रदेशका तीन जिल्लामा सवारी पटके बाटो इजाजत राजस्व सङ्कलन केन्द्रको आज उद्घाटन गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले विराटनगर–४ स्थित यातायात व्यवस्था सेवा कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टाबारी र झापाको चारआलीको सवारी पटके बाटो इजाजत राजस्व सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरे ।
सवारी राजस्व केन्द्र २४ घण्टा सञ्चालन हुनुका साथै यहाँबाट भारतीय सवारीसाधन सानो चारचक्केको रु पाँच सय र ठूला सवारीसाधनको रु एक हजार पाँच सय तथा स्वदेशी चारचक्के सवारीसाधनलाई प्रतिकिलोमिटर रु दुई इजाजत दस्तुर लिने व्यवस्था रहेको छ । केन्द्रले विराटनगरबाट वार्षिक रु ४० देखि ५० करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ ।
त्यस अवसरमा मन्त्री अधिकारीले केन्द्रबाट भारतीय पर्यटकीय सवारीसाधनले सहज र सरल रूपमा सेवा प्राप्त गर्ने बताए । उनले इजाजतबाट स्वदेशी तथा विदेशी सवारीसाधनलाई बाटोमा कुनै किसिमको बाधा, व्यवधान र झन्झट बेहोर्नु नपर्ने विश्वास व्यक्त गरे ।
मन्त्रालयका निमित्त सचिव विश्वदीप बेस्रा र यातायात सेवा कार्यालय विराटनरका प्रमुख पाक्रम खाँले केन्द्रको स्थापनाबाट सरोकारवालालाई प्रदेशभरि सहज रूपमा सवारी सञ्चालन हुने विचार राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *