प्रधान सेनापति र अस्ट्रेलियाकी राजदूतबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अस्ट्रेलियाकी महामहिम राजदूत फेलिसिटी भोकबीच मंगलबार भेटवार्ता भएको छ । दुई जनाबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । यस किसिमको भेटघाटले दुई देश बिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर