समाजवादी मोर्चाद्वारा आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल गठन

समाजवादी मोर्चाले आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल बनाएको छ ।मंगलबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले विगतका अनुभवहरुलाई समीक्षा गरेर नयाँ कार्यक्रम र योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

समग्र समीक्षालाई दस्तावेजीकरण गरेर आगामी योजना र कार्यक्रम १५ दिनभित्र तय गर्नेगरी नेपाल कम्युनिष्ट पार्टीका नेता खड्ग विश्वकर्मा, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, प्रमेश हमाल र देव गुरुङ कार्यदलले काम गर्नेछ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिमा हालै भएको घटना, माजवादी मोर्चाको विगतको काम कारबाही र समग्र देशको स्थितिको बारेमा समीक्षा भएको जानकारी दिए ।

उनले नयाँ राजनीतिक घटनाक्रमले प्रगतिशिल यात्रातिर अघि बढिराखेको देशलाई यथास्थिति र पश्चगमन एवं विगतको आन्दोलन र उपलब्धिलाई चुनौति दिनेतिर उद्यत रहेको निस्कर्ष निकालेको पनि बताए ।

‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना भएको छ । त्यो लगायत समग्र देशको स्थितिको बारेमा र समाजवादी मोर्चाको विगतको काम कारबाहीको बारेमा गम्भीर समीक्षा भएको छ । यो घटनाले प्रगतिशिल यात्रातिर अघि बढिराखेको देशलाई यथास्थिति र पश्चगमनतिर, विगतको आन्दोलन र उपलब्धिलाई चुनौति दिनेतिर उद्यत गर्न खोजिरहेको देखिन्छ । यसमा गम्भीर चिन्ता व्यक्त गरेको छ’, उनले भने,’समाजवादी मोर्चाको एउटा कार्यदल बनेको छ, यसको समग्र समीक्षालाई दस्ताबेजीकरण गरेर आगामी यसको योजना र कार्यक्रमसहित तय गर्नेगरी आगामी १५ दिनभित्र तय गर्नेगरी कार्यदल बनेको छ । त्यसले प्रतिवेदन पेश गर्छ र आगामी बैठकमा छलफल हुन्छ ।’

बैठकले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समाजवादी मोर्चा नेपालमा आवद्ध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *