गृहमन्त्री लेखकको निर्देशन- कुनै पनि बेला विपद्जन्य घटना हुन सक्छन्, उच्च सतर्कता अपनाउनू

गृहमन्त्री रमेश लेखकले कुनै पनि बेला विपद्का घटना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी सतर्कता अपनाउन आग्रह गरे । उनले यस वर्ष भारी वर्षा हुने आकलन विज्ञहरूले गरेको भन्दै सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताए ।

उनले पूर्वसूचना प्रणालीका कारण विगतको तुलनामा कम क्षति भए पनि अझै क्षति न्यूनीकरण गर्न सतर्क रहनुपर्ने उनको भनाइ छ उनले कुनै पनि बेला वर्षा हुने र त्यसले ठूलो क्षति निम्त्याउन सक्ने भन्दै सतर्क रहन आग्रह गरे । मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्दै अन्तरमन्त्रालयसँगको समन्वयलाई प्राथमिकता दिन पनि उनले आग्रह गरे ।

गृहमन्त्री लेखकले स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, प्रदेश र स्थानीय सरकारसँगको समन्वय बढाउन र प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । उनले विपद् सुरक्षासम्बन्धी आवश्यक जनशक्ति र स्रोतसाधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि बताए ।

उनले न्यूनतम कर्मचारी बढाउने गरी प्रक्रिया अघि बढाउन आग्रह गरे । आर्थिक कारणले कुनैप नि काम नरोकिने प्रतिबद्धता उनको छ । उनले अरू खर्च कटौती गरेर भए पनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर