प्रधानमन्त्री ओलीलाई कुन-कुन देशका समकक्षीले दिए बधाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिएको नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।

उनीहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबीचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर