रूस-युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह

मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बीच अमेरिकाले भारतलाई रूससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले सोमबार आयोजित पत्रकार सम्म्लनमा दिल्ली-मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गरे।

‘रूससँग भारतको लामो समयदेखि सम्बन्ध रहेको हामी सबैलाई थाहा छ। हामीले भारतलाई रूससँगको त्यो लामो समयदेखि रहेको सम्बन्धलाई चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि उपयोग गर्न आग्रह गर्दछौं। साथै राष्ट्रपति पुटिनलाई युद्धको अन्त्य गर्दै न्यायपूर्ण, स्थायी शान्ति खोज्न आग्रह गर्न भारतलाई प्रोत्साहित गरेका छौं,’ उनले भने।

हालै मस्कोको आधिकारिक भ्रमणमा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि शान्ति ‘सबैभन्दा महत्त्वपूर्ण’ रहेको बताएका थिए।

उनले युद्धको मैदानमा कुनै समाधान नभएको र बम, बन्दुक र गोलीको बिचमा शान्ति वार्ता सफल नहुने बताउदै द्वन्द्व अन्त्य गर्न आग्रह पनि गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर