संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौं : कानुनमन्त्री चौरसिया

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताए ।

उनले विगत ८/१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताए । संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाइ थियो ।

‘संविधानमा भएका कमीकमजोरीहरू, ८/१० वर्षमा संविधानमा देखिएका खाडलहरू पुर्ने काम हाम्रो जिम्मेवारी हो । त्यो समावेशी चरित्रअनुसार आवश्यक परे अहिले नयाँ सरकार बनेपछि सहमति पनि भएको छ,’ मन्त्री चौरसियाले भने, ‘संविधानमा जहाँजहाँ समस्या भएको छ । त्यो खाडलहरूलाई व्यवस्थित गरेर पुर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ हामी अगाडि बढ्छौं ।’

मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अफ्ठ्यारा हटाउनका लागि कानुनमा देखिएका समस्या तत्काल हल गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले न्यायालयलाई आफूले सदैव सहयोग गर्ने पनि बताए ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर