तोलामा ९०० रूपैयाँ बढ्याे सुन, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रूपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय रूपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *