सिमलताल दुर्घटना : भेटिएका १४ शवमध्ये ६ को सनाखत

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेकामध्ये हालसम्म १४ जनाको शव भेटिएको छ ।

चितवन प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार दुईवटा बसमा चालकसहित ६५ जना यात्रु रहेका थिए । काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी कुल ६५ जना यात्रु रहेको जनाएको चितवन प्रशासनले छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भएका थिए ।

भेटिएको शवमध्ये ६ जनाको शवको सनाखत भई आफन्तको जिम्मा लगाइएको छ भने पाँच जनाको शव अस्पतालमा रहेको छ । बाँकी दुईको शव पहिचान खुल्न बाँकी रहेको चितवन प्रशासनले जनाएको छ । २८ असार शुक्रबार बिहान साढे ३ बजे लेदो माटोसहित बगेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम गौर जाँदै गरेको बाग्मती ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो ।

पहिरोले बगाएर त्रिशूलीमा हराएका दुई बससँगै यात्रुको खोजीमा चार दिनदेखि रहेको सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाली सेनाको टोलीले एक थान पर्दा र बच्चाको कपडा फेला पारेको छ । तीव्र बहावमा रहेको त्रिशूली नदीले बगाउँदा हराइरहेकाहरू करिब ५० किलोमिटर टाढा भेटिएको प्रशासनले जनाएको छ ।

पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएकाहरूको खोजीमा नेपालमा भएको जलउत्पन्न विपद् उद्धारको जनशक्ति र प्रविधिको उच्चतम् प्रयोग भइरहेको छ । धमिलो पानीका कारण गोताखोरले समेत सतहमा राम्रोसँग देख्न नसक्ने भएकाले सोनार क्यामेरा र वाटर ड्रोनको प्रयोग गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको सूचनाअनुसार हराइरहेको बस ठूलो चुम्बक (म्याग्नेट)को सहायताले खोजी भइरहेको छ । त्यस्तै, नारायणी नदी तटीय क्षेत्रमा ¥याफ्टिङ बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले खोजी तथा उद्धारका लागि सबै खालका प्रयासलाई जारी राखेको जनाएको छ ।

सम्भावित सबै स्थानमा चितवन जिल्लामा रहेका सशस्त्र प्रहरी बल विपद् तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीको संलग्नतामा फलामे हुक, गोताखोर, सोनार, ¥याफ्टिङ बोट, बाइनाकुलर, टेलिस्किोप कायकको प्रयोग भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । साथै, परिवारसँगबाट यात्रुको परिचयपत्र र फोटो संकलन गरी खोज तथा उद्धार कार्य गरिएको प्रशासनले जनाएको छ ।

यसैबीच, नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवन सिमलताल बस दुर्घटना’bout अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार गृहमन्त्रीको पदबहाल सम्हालेलगतै लेखकले सिमलताल बस दुर्घटना’bout अध्ययन गर्न कार्यदल गठन गरेका हुन् । कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

सडक दुर्घटना न्यूनीकरणमा दिएका सुझाव हुँदैनन् कार्यान्वयन
९ असोज २०७३ दिउँसो ४ः३० बजे पृथ्वी राजमार्गअन्तर्गत दारेचोक–३ घोप्टेभीर नजिक पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जीप दुर्घटना भयो । जीप त्रिशूली नदीमा खस्दा घिमिरेसहित उनका परिवारका ६ जनाको मृत्यु भएपछि सरकारले एउटा उच्चस्तरीय छानबिन समिति बनाएको थियो । पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राणाको संयोजकत्वमा गठित सो समितिलाई निम्न तीन कार्यक्षेत्र तोकिएको थियो ।

१. पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जीप दुर्घटना’bout छानबिन गरी सत्यतथ्य पत्ता लगाउने ।

२. धादिङको मार्पाकमा १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने ।

३. पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित आवागमन र दुर्घटना न्यूनीकरण गर्ने उपायहरूको सुझाव दिने ।

सो कार्यसमितिले एक महिना लगाएर १ सय ८२ पृष्ठ लामो प्रतिवेदन तयार पा¥यो । प्रतिवेदनमा घिमिरे र मार्पाक दुर्घटनाका विषयमा विस्तृत विवरणसँगै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डको सडकको अवस्था र दुर्घटना न्यूनीकरणका उपायहरू पनि समेटिएका थिए । प्रतिवेदनले यी सडकखण्डमा रहेका जोखिमयुक्त सडकको विवरण दिँदै ती क्षेत्रमा सुरक्षाका उपाय अपनाउन सुझाव दिएको थियो ।

साथै, सडक छेउमा ठूला ब्यारिएर राख्नुपर्ने सुझाव पनि दिएको थियो । जसले सवारीसाधन ब्र्रेक फेल भए पनि नदीसम्म पुग्नलाई रोक्न सकोस् भन्ने उपायको सुझाव दिइएको थियो । तर, सो सुझाव कार्यान्वयन गर्नुको साटो दराजमा थन्काएर राखियो । दुर्घटना न्यूनीकरण उपायका लागि यस्ता दर्जनौं समिति बन्छन्, तर कार्यान्वयनको चरण फितलो छ ।

सरकारले पछिल्ला एक दशकदेखि सडक दुर्घटनाको कारण र समाधानका उपाय खोज्न भन्दै एक दर्जनभन्दा बढी समिति बनाइसकेको छ । आजसम्म कुनै पनि प्रतिवेदनका सुझाव कार्यान्वयनमा आउन सकेका छैनन् । दुर्घटना न्यूनीकरण गर्ने र सडक सुरक्षा कायम गर्न भनी बनाइएका यी प्रतिवेदन दराजमा थन्किँदा बर्सेनि सडक दुर्घटनामा सयौंले ज्यान गुमाइरहेका छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *