मुग्लिङ-मलेखु सडकको १६ स्थानमा पहिरोको जोखिम

चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम रहेको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिए ।

इन्जिनियर आचार्यले भने, सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग्य्रान एकै पटक झर्छ । पहिले पहिरोसँगै लेदो माटो आउने र सडक पुर्ने गथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । पृथ्वी राजमार्गमाथिको पहाडमा बिनाअध्ययन पहाड खोतलेर छाड्ने, कुलो निर्माण गर्ने र पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर बिगारेका कारण तल सडकमा पहिरो आएको इन्जिनियर आचार्यले बताए ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)मा गरिएको अध्ययनले पहिरो जाने मूल कारणले माथिल्लो क्षेत्रमा निर्माण गरिएको सडक, कलभर्ट र कुलो भएको निष्कर्ष निकालेको छ । कार्यालयका सूचना अधिकारी आचार्यले सो सडक क्षेत्रमा झरेका पहिरोमा लेदो माटो नभई गेग्य्रान धेरै भएको बताए । प्राकृतिक पहिरो अहिले आएको छैन । मानव निर्मित बाटो र त्यसमा खनिएका गेग्य्रान थुप्रेर बस्ने, वर्षा भएपछि एकै पटक झर्ने भएकाले तल क्षति ठुलो हुने गरेको बताए ।

वर्षा लागेपछि मुग्लिङ–मलेखु सडकखण्डमा गएको पहिरोमा गेग्य्रान मात्र झरेको छ । बर्सातमा पानीले र हिउदँमा आफैँ गेग्य्रान झर्ने गरेको कार्यालयले जनाएको छ । जमिनको प्रयोगमा आएको फेरबदल, सडक सुरक्षाको मापदण्ड नअपनाउने र यो वर्ष एक ठाउँमा देखिएको जोखिम अर्को वर्ष अर्कै ठाउँमा हुने गरेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर सागर कार्कीले सिमलतालको पहिरो जानुको मूल स्रोत माथि ग्रामीण बस्तीको बाटो खन्दा निस्केको गेग्य्रान भएको बताए । डिभिजन सडक कार्यालयबाट पहिरोको कारण पत्ता लगाउन अध्ययन गरी फर्किएका इन्जिनियर कार्कीले भने, सिमलतालमा पहिरो जानुको कारण नौ सय मिटरमाथि निर्माण गरिएको सडकको गेग्य्रान झरेको हो । ६५० मिटरको सडक निर्माण गर्दा छ वटा मोड रहेछ । त्यो मोडबाट गेग्य्रान झरेको देखियो । माथिबाट तल डोजरले सडक खन्दै आउने, खन्दा निस्केको गेग्य्रान झाँडी तथा तल पर्ने खोल्सामा फाल्ने गरेको पाइयो । यसरी थुप्रेको गेग्य्रान वर्षा भएपछि एकै पटक तल झर्दा ठुलो असर पारेको देखिन्छ, उनेले भने ।यो समाचार गोरखापत्र दैनिकमा छ,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर