एक महिनाभित्र जनताले अनुभुति गर्ने काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभुति हुनेगरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

सोमवार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले सो निर्देशन दिनुभएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराए । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखि काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको पनि प्रवक्ता गुरुङले बताए । उनले विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन गरे । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रवक्ता गुरुङको भनाई थियो ।

उनले भने, ‘प्रधानमन्त्रीज्युले मन्त्रीहरुलाई केही महत्वपूर्ण निर्देशनहरु दिनुभएको छ । अहिलेसम्म हाम्रो के छ भने कामका एउटा मन्त्रालय र अर्को मन्त्रालयको बीचमा समन्वय नै नहुने । भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउँछ । खानेपानी आएर ब्वाङ्ग भत्काएर पानीको पाईप लैजान्छ । अनि त्यसले त्यो त्यत्तिकै छोडिदिन्छ । खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय छैन । कहिले कहिले केवुल विछ्याउने नाममा संचार मन्त्रालयले सबै भत्काउँछ । त्यो काम त्यत्तिकै असरल्ल बनाएर छोड्छ । यो चाहीँ मन्त्रालयहरुबीच समन्वय नभएर यो समस्या भएको हो । त्यसकारण मन्त्रालयहरुबीचको कामको समन्वय हुनु प¥यो । यस्ता देखिने सानातिना सबै समस्या समाधान हुनुप¥यो भन्ने निर्देशन दिनुभएको छ । दोस्रो चाँही यो क्याविनेटको विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएका क्याविनेट मिनिष्टरहरुले माननीय मन्त्रीज्युहरुले एक महिना भित्र केही न केही फरक चाँही देखाउनु प¥यो आफ्नो मन्त्रालयको काम । ६ महिना भित्र यो क्याविनेटले यो सरकारले काम गर्ने भयो भनेर जनतालाई ढुक्क हुने स्थिति बनाउने । एक वर्ष भित्र इन्किेटरको हिसावले पनि देखिने गरी परिवर्तन आउनुप¥यो । परिणाममुखि देखिनु प¥यो भनेर निर्देशन दिनु भएको छ । यस्तो काममा तपाईहरु सबै कोअर्डिनेट भएर काम गर्नुस् । हामीलाई अहिले असफल हुने, दायाँबायाँ हुने छुट छैन । त्यसकारणले राष्ट्रिय स्वाधिनताका लागि या मुलुकको स्वतन्त्रताको लागि, त्यसलाई बलियो बनाउनका लागि र यो उत्पादन र उत्पादकत्व बढाउनका लागि विभिन्न उत्पादनसँग जोडिएका मन्त्रालयहरुको बीचमा कृषि होला, भौतिक पुर्वाधार होला । पर्यटन वा अरु मन्त्रालय । यसको बीचमा पनि समन्वय हुनुप¥यो । निर्माणको काम गर्ने मन्त्रालयबीच पनि समन्वय हुनु प¥यो । यो सबै काम कोअर्डिनेट रुपमा अगाडि बढाएर एउटा परिणाममुखी नतिजा निकाल्ने काम मन्त्रीहरु लाग्नुपर्छ भनेर उहाँले निर्देशन दिनुभएको छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रिय हितको पक्षमा पनि दृढतापूर्वक उभिँदै काम गर्न मन्त्रीलाई सचेत गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *