‘हुन्डाई फेस्टिभ डिलाइट-२०८०’ अफरको विजेता घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं-तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट-२०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफर अनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्डमार्फत थप १ लाख रूपैयाँसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।

‘हुन्डाई फेस्टिभ डिलाइट-२०८०’ अफरको विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत आज बिहान ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल रहेकी थिइन् ।

‘हुन्डाई फेस्टिभ डिलाइट-२०८०’ अफरअनुरूप बम्पर लक्की ड्रअन्तर्गत सुनसरी का इन्द्रप्रसाद गुरागाईं, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रालि, हुन्डाई बिर्तामोडका ग्राहकले हुन्डाई एक्सटर जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर