सरकारलाई हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं : सांसद जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा उनले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिन पनि सरकारलाई सचेत गराए ।

उनले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न पनि केपी ओली नेतृत्वको वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे । उनले सहकारीलगायतका पीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिए ।

‘केपी ओली नेतृत्वको सरकारलाई बधाई छ । सुझावहरू पनि छन् । भ्रष्टाचारका कुराहरू केही आएका छन् । यी भ्रष्टाचारका मुद्दाहरू, भ्रष्टाचारका फाइलहरूलाई खोल्ने मात्र होइन, तीव्र गतिले अगाडि बढाएर दोषीमाथि कारबाही हुनुपर्छ भन्ने मान्यता हामी सबैले राखेका छौं,’ सांसद जबराले भने, ‘र यो नयाँ सरकारले यो काम गर्छ भन्ने हामीले विश्वास लिएका छौं । दुईवटा ठूला दल मिलेर सरकार बनाएका छन् । देशमा आशा जागेको छ । यो आशा निराशामा परिणत हुन्न भन्ने विश्वास पनि हामीले लिएका छौं ।’

सांसद जबराले जनताको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर