वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : मन्त्री पाण्डे

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समयअनकूलको पर्यटन नीति बनाउने बताएका छन् ।
सोमबार मन्त्रालयको पदबहाली गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरिएको र त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत शर्त तोकिएको बताए ।

उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए ।

उनले जनताले भ्रष्टाचार न्यूनीकरण गरी सुशासनको प्रत्याभूति खोजिरहेको बताए । उनले युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दै सबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए ।

‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्यूनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन्,’ उनले भने, ‘युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानु पर्नेछ ।’

उनले ठूलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउने बताए । उनले पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्ने गरी सिर्जनशील र रचनात्मक रूपमा काम गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर