राष्ट्रियसभाबाट तीन विधेयक सर्वसम्मत पारित

राष्ट्रियसभाको बैठकले तीन विधेयक सर्वसम्मत पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन विधेयक पारितका लागि पेस गरेका प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।

यस्तै बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मुल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यसैगरी बैठकबाट भन्सार महशुल विधेयक, २०८१ पनि सर्वसम्मतिले पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मुल रूपमै सुझावबिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

तीन प्रस्तावहरूमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तावहरू सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर