रास्वपा सांसद कार्कीको प्रश्न : मन्त्रिपरिषद्मा दलित प्रतिनिधित्व किन भएन ?

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नयाँ मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व नभएकामा आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले महिलाहरूको प्रतिनिधित्व पनि कम भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले वर्तमान सरकारको गणित कमजोर भएर हो वा नियतमै खोट भएर महिलाहरूको प्रतिनिधित्व समानुपातिक रूपमा मन्त्रिपरिषद्मा कम भएको भनी प्रश्न गरिन् ।

सांसद कार्कीले सरकारले व्यक्तिगत लाभका आधारमा मन्त्री नियुक्तिको काम गरेको आरोप लगाइन् ।

‘दुई ठूला दल मिलेर बनेको सरकारको जम्बो मन्त्री टोलीमा जम्मा दुई जना जम्बो मन्त्री अटाउन सकेछन् । आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्नेमा ३३ प्रतिशत चाहिँ हामी अनिवार्य गराउँछौं भन्ने दुई ठूला दलको ३३ प्रतिशत भनेको २२ को २ हुँदो रहेछ,’ सांसद कार्कीले भनिन्, ‘तपाईंहरूको गणित कमजोर हो कि नियतमै खोट हो ? महिला अधिकार कहाँ गयो ? संविधान र लोकतन्त्रको मूल्यमान्यता कहाँ गयो ? भाषणमा समावेशिता भनेर कहिल्यै नथाक्ने हाम्रा नेताहरूले व्यवहारमै सरकारको नेतृत्वमा क्याबिनेटमा नै दलित समुदायलाई किन सम्मानजनक स्थान दिएनन् ?’

सांसद कार्कीले जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई शुभकामना व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर