प्रधानमन्त्री ओलीले गरे पदबहाली

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे ।

च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हालेका हुन् । प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्च अधिकारीहरूले उनलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको पदबहाली निर्णयबारे उनको सचिवालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई यही आइतबार मुलुकको ४५ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर