खेलकुद मन्त्रालयलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउँछु : मन्त्री चौधरी

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्दै उनले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए । उनले सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्न जरूरी रहेको बताए । उनले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरू आएको बताए ।

‘हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्छ,’ मन्त्री चौधरीले भने, ‘यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौं । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौं ।’

उनले केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताए । उनले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा जथाभावी लगानी गर्ने कुरा अब नहुने बताए ।

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग प्राप्त हुने विश्वास लिएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर