गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

नेपाली कांग्रेसका तर्फबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नवगठित सरकारको गृहमन्त्री बनेका रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार मन्त्रीमा नियुक्त भएका लेखकले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यदलमा सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुईवटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।

सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरूको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर