परराष्ट्रमन्त्री राणालाई भारतीय समकक्षी जयशंकरको बधाई

नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् ।

सोमबार परराष्ट्रमन्त्री राणाले शपथ ग्रहण गरेसँगै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका हुन् ।

 

‘नेपालको परराष्ट्रमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई । बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु,’ जयशंकरले लेखेका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर