कुन दलबाट को-को भए मन्त्री ? कसले पाए कुन मन्त्रालय ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नवगठित सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम टुंगिएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आ-आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरू पठाएका छन् ।

कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ सोमबार नै भएको छ ।

कुन दलबाट को-को भए मन्त्री ? कसलाई कुन मन्त्रालय ?

नेपाली कांग्रेस
प्रकाशमान सिहं – उपप्रधानसहित शहरी विकास
रमेश लेखक – गृह
आरजु राणाा – परराष्ट्र
तेजुलाल चौधरी – युवा तथा खेलकुद
अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
ऐनबहादुर शाही – वन तथा वातावरण
प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी विकास
बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

नेकपा (एमाले)
विष्णु पौडेल – उपप्रधानसहित अर्थ
पृथ्वीसुब्बा गुरूङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
बलराम अधिकारी – भूमि व्यवस्था तथा गरिबी निवारण
दामोदर भण्डारी – उद्योग तथा वाणिज्य
विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
मानवीर राई – रक्षा
राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

जनता समाजवादी पार्टी
प्रदीप यादव – खानेपानी
नवलकिशोर साह – महिला, बाबालिका तथा ज्येष्ठ नागरिक

लोकतान्त्रिक समाजवादी पार्टी
शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *