प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको बधाई

नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई छिमेकी राष्ट्रबाट आएको यो पहिलो बधाई तथा शुभकामना हो ।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ माफर्त मोदीले ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

साथै पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर