एमालेले ८ मन्त्रीको नाम टुंगो लगायो, को-को हुँदैछन् मन्त्री ?

नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो।

एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, देवेन्द्र दाहाल, मानवीर राई, बलराम अधिकारी, विद्या भट्टराई,राजकुमार गुप्ता  र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबिच आठ वटा मन्त्रालय एमालेले र ९ वटा काँग्रेसले लिने सहमति भएको छ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे मन्त्रीसहित शपथ लिने तयारी गरेका छन्।​

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर