नारायणगढ–मुग्लिन सडक : छैन पहिरो रोक्ने दीर्घकालीन योजना

नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ । दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।

भूगर्भविद डा रञ्जनकुमार दाहाल नारायणगढ–मुग्लिङ सडकमाथिका पूरै पहाडको पहिरोको अवस्थाबारे अध्ययन नै नभएको बताउँछन् ।अब झारा टार्ने पाराले हैन । एक एक पहाडको पहिरोको जोखिम अध्ययन गरी नियन्त्रणको कार्य तत्काल सुरु गरिनु पर्छ, उनले भने, यसअघि सानातिना र एक दुई वटा पहिरो विशेषमा अध्ययन भयो होला तर त्यतिले नपुगेको हरेक वर्षको पहिरो र जनधनको क्षतिले पनि पुष्टि गरेको छ ।

पछिल्लो पटक शुव्रmबार बिहान मात्रै भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोले बगाएर काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस ६१ जना यात्रुसहित बेपत्ता छन् । बसमा यात्रा गरेका ६५ जनामध्ये भारतीय नागरिक ऋषि पालको शनिबार शव भेटिएको छ भने तीन जना पौडिएर बाँच्न सफल भएका छन् ।

यस्तै सोही सडककै भरतपुर महानगरपालिका–२९ मा पर्ने सत्रकिलोमा शुक्रवार बिहान नै बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा चालक नवलपरासी सुनवल नगरपालिका–४ का मेघनाथ विकको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकमा पहिरोको जोखिम यो पहिलो होइन । यसअघि पनि पटक पटक मानवीय तथा आर्थिक क्षति गरिरहेकै छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका हवलदार घनश्याम चौधरीका अनुसार २०७८ देखिका तीन वर्षमा यो सडकमा ७६ पटक पहिरो झर्दा ३२६ घण्टा त सडक नै अवरुद्ध भएको छ ।

यो सडकमा विगत दुई वर्षमा पहिरोमा परी ११ वटा सवारी साधनमा क्षति पुगेको, शुव्रmबार भएको घटनासहित नदीमा सवारी साधन पहिरोमा पुरिएर दुईको मृत्यु, ६१ जना बेपत्ता र छ जना घाइते भएका छन् । यस्तै दुई वर्षकै अवधिमा यसअघि सात वटा सवारी साधन त्रिशूली नदीमा खस्दा सात जनाको मृत्यु भएको छ ।

विज्ञ डा दाहाल यस्तो बारम्बार भइरहनुमा पहिरो नियन्त्रणको पहल वैज्ञानिक नहुनु नै ठान्छन् । घटनाहरूले हरेक वर्ष वर्षा सुरु भएसँगै पहिरो झर्ने समस्याले यो सडकको यात्रा नै असुरक्षित बनाएको छ तर पहिरोको जड अध्ययन नहुनु नै ठुलो समस्या हो, उनको तर्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *