जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु : प्रधानमन्त्री ओली

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताएका छन् ।

आइतबार चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘एउटा जिम्मेवारी आएको छ, सफलताका साथ पूरा गर्छु ।’ बाढी पहिरोको जिज्ञासामा उनले थपे, ‘त्यसको अविलम्ब समस्याको समाधान गर्ने गरी काम गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *