परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्न सधैँ प्रयत्न गर्नेछु : निःवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ

निःवर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताएका छन् ।

आईतवार अपरान्ह मन्त्रालयका आयोजित विदाई समारोहमा बोल्दै उहाँले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू सो मन्त्रालयको अन्तरंग निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताएका हुन् । निःवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले नयाँ बन्ने परराष्ट्र मन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताए । भोलेन्टियरको रुपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसँग निवेदन हाल्न चाहेको उनको भनाई थियो । उनले परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरुसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘परराष्ट्र मन्त्रालयसँग त म अन्तरंग निकट रहन्छु । ताकि परराष्ट्र मन्त्रालयले परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाओस् । परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाओस् । कूटनीतिक अभ्यास सही ढंगले गरोस् । त्यसको निम्ति आफ्नो तर्फबाट तपाईहरुसँग निकटमा रहेर छलफल गर्ने र समाधानका प्रयत्नहरु गर्ने । यसलाई उन्नत स्तरको संसारको अहिलेको आवश्यकतालाई मिट गर्नसक्ने परराष्ट्र मन्त्रालयको रुपमा विकसित गर्ने काममा म तपाईहरुको साथमा रहनेछु । मैले त भनेको पनि थिए–अर्को मन्त्री जो आउनु होला । एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ । मलाई भोलेन्टियर भएपनि सल्लाहकार भएपनि बनाउनु न । केही समयका लागि । पूरै समय त म दिन सक्दिन । मान्छे के के गर्ने तपाई गर्नुस् । सिष्टम स्थापित गरिदिन्छु भन्ने पनि हुन्छ । तर केही कामहरु छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न मलाई तपाईको भोलेन्टियर बनाउन न भन्न मलाई मन लागिरहेको छ । त्यसरी भनेपनि नभनेपनि म यो कामहरुलाई पूरा गर्न दृढतापूर्वक राज्यको सबै पक्षहरुसँग छलफल, संवाद, अन्तरक्रियामा हुनेछु । त्यसको निम्ति मेरो सधै प्रयत्न रहनेछ ।’

निःवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर