कांग्रेस र एमालेको भागमा कुन-कुन मन्त्रालय ?

सत्ता साझेदार प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारमा मन्त्रालय भागबण्डको विषय टुंगो लगाएका छन् ।

दुई दलका शीर्ष नेताहरूबीच कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । स्रोतका अनुसार एमालेले अर्थसहित ८ र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने समझदारी जुटेको हो ।

यसअनुसार एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ ।

त्यस्तै कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, शहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालय परेको छ ।

कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दल आन्तरिक गृहकार्यमा छन् ।

जानकारीअनुसार एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रेसले उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने छ ।

गृहमा भने प्रमुख सचेतकसमेत रहेका रमेश लेखकलाई पठाउने तयारी भएको कांग्रेसका नेताहरूले बताएका छन् । २१ मन्त्रालयध्ये केही सरकारमा सहभागी हुने अन्य साना दललाई दिने दुई दलबीचको समझदारी छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानकोे धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका छन् । उनको शपथ सोमबार बिहान ११ बजे तय भएको छ ।

ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर