प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीको शपथ भोलि बिहान ११ बजे

नेपाली कांग्रेससहितको समर्थनमा चौाथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुन लागेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको शपथको समय तय भएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ नियुक्त हुने प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजे तोकिएको हो ।

साथै कार्यालयले बिहान १०:३० भित्र संघीय संसदका सबै सदस्यहरूलाई राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा पठाउन संघीय संसद सचिवालयका महासचिवलाई पत्र काटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई केही बेरमा प्रधानमन्त्री नियुक्त गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *