कसले लैजाला युरो-२०२४ को उपाधि ?

आज राति युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति १२:४५ बजेदेखि सुरू हुने छ ।

सेमिफाइनलमा स्पेन फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

स्पेन र इङ्ल्याण्ड अहिलेसम्म २७ पटक आमनेसामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *