ठमेलको होटलबाट २० करोड रूपैयाँ बढीको कोकिनसहित मलेसियन महिला पक्राउ

स्कुल ब्यागमा फल्सबटम बनाएर कोकिन तस्करी

काठमाडौंको ठमेलस्थित एक होटलबाट झन्डै ६ किलो अवैध लागुऔषध कोकिनसहित मलेसियाकी महिला पक्राउ परेकी छन् ।

ठमेलमा रहेको काठमाडौं सिटी होटलबाट ५ किलो ८२० ग्राम कोकिनसहित मलेसियाकी ४७ वर्षीया महिला बाथुमलाइ वडिवालु पक्राउ परेकी हुन् ।

लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर, काठमाडौं प्रहरी वृत्त, लैनचौरको संयुक्त टोलीले होटलमा छापा मारेर उक्त परिमाणको कोकिन बरामद गरी उनलाई पक्राउ परेको हो ।

उनको कोठामा ६ वटा स्कुल ब्याग फेला परेको थियो, जसभित्र फल्सबटम बनाइएको थिया । फल्सबटम हेर्दा कोकिन बरामद भएको हो ।

बरामद कोकिनको अवैध बजार मूल्य २० करोड ३७ लाख रूपैयाँ हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी मलेसियाबाट लाओस र बैंकक हुँदै १३ जुलाइ (शनिबार) काठमाडौं आइपुगेकी थिइन् । उनी १९ जुलाइमा नेपालबाट पुनः मलेसिया फर्किँदै थिइन् । त्यसैबीच प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।

यो कोकिनको बजार पनि भारत नै भएको प्रहरीले जनाएको छ । उनले लाओसबाट उक्त कोकिन रिसिभ गरेकी थिइन् ।

काठमाडौंलाई ट्रान्जिट बनाएर अर्कै व्यक्तिलाई हस्तान्तरण गर्ने योजना थियो । भारतबाट एक जना उक्त कोकिन लिन आउने तयारी थियो । त्यसैबीच उनी पक्राउ परेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर