११ महिनामा वैदेशिक लगानी दोब्बरले बढ्यो

चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार
चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो ।

गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

नीतिगत सुुधारसँगै चालुु आवको सुरुदेखि नै विदेशी लगानी व्रmमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *