
ट्रम्पमाथि गोली प्रहारको निन्दा गर्दै बाइडेनले भने- अमेरिकामा यस्ता हिंसाको कुनै स्थान छैन


अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । सञ्चारमाध्यमसँग दिएकाे प्रतिक्रियामा उनले सबै अमेरिकीलाई एकजुट हुँदै यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान गरेका छन् ।
‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन,’ उनले भने, ‘ हामी यस्ता घटनाका दोषीलाई माफी गर्न सक्दैनौं ।’
ट्रम्पमाथि गोली चलेको समयमा राष्ट्रपति बाइडेन डेलाभेयरमा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
बाइडेनले ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको पनि बताएका छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि नेपाली समयअनुसार आइतवार बिहान गोली प्रहार भएको हो । गोली लागेर उनी सामान्य घाइते भएका छन् ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया