सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई उद्धार गरिएको छ ।

सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आज हेलिकप्टरमार्फत उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको हो ।

बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताए । सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्यचौकीमा ल्याइएको थियो, तर सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो, संयोजक भण्डारीले भने ।

यसका लागि स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *