त्रिशुलीमा बससँगै बेपत्ता भएकाहरूको खोजी कार्य आजका लागि स्थगित

नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपपालिका-२९ सिमलतालस्थित त्रिशूलीमा नदीमा यात्रुसहित बेपत्ता दुई बसको खोजी कार्य आजका लागि स्थगित भएको छ। 

रात परेपछि आजलाई खोजी कार्य स्थगित गरिएको हो। भोलि बिहानबाट खोजी कार्य पुनः सुरु गरिने बताइएको छ।

शनिबार सिमलतमलदेखि ४०-५० किलोमिटरको दूरीस्थित नारायणी किनारमा तीनवटा शव भेटिएका छन् । तर दुर्घटनास्थलमा अझै पनि दुवै बस र यात्रुलाई भेट्न सकिएको छैन ।

 शुक्रबार बिहान ३ बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश-०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३-००१ ख २४९५ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *