धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ हाटखोला घर भएका ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकै श्रीमती ३३ वर्षीया  प्रनिसा पाँचकोटी रहेका छन् ।

सुन्दरहरैंचा नगरपालिका-१ कुमारगाउँ स्थित आफ्नै कुखुरा फर्ममा सहदेव बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त फर्ममा काम गर्ने सुनिल र उनकै श्रीमतीलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बुधबार राति फर्म संचालक र सुनिल बिच पारिश्रमिकको विषयमा भएको विवादको कारण उनीहरूले बन्चरो र फलामको दाउ प्रहार गरी सहदेवको हत्या गरेको खुल्न आएको छ ।

उनीहरू उपर कर्तब्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर