नेपालको सबैभन्दा ठूलो टाइल उत्पादक प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा

नेपालको सबैभन्दा ठूलो तथा एक मात्र भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनी प्राइम सेरामिक्स प्रालिले सञ्चालनमा आएको एक वर्ष पूरा गरेको छ ।

कम्पनीले दुई अर्ब रूपैयाँको लगानीमा गत २०८० असारदेखि रौतहटमा आफ्नो अत्याधुनिक फ्याक्ट्रीबाट साक्मी, इटलीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइलहरूको उत्पादन सुरू गरेको थियो । एक वर्षको अवधिमा कम्पनीेको ब्राण्ड ‘प्राइम-टाइल्स विथ स्टाइल’ ले नेपाली उपभोक्ताहरूको मन जित्दै दुई करोड स्क्वायर फिटभन्दा बढी टाइलहरू बिक्री गर्न सफल भएको छ । यस सफलताको प्रमुख कारणहरूमा भित्ता र फ्लोर टाइलको विभिन्न साइजहरू, ३५० भन्दा बढी डिजाइनहरू, १२० डिलरहरूको बलियो नेटवर्क, गुणस्तरीय उत्पादनहरू, प्रतिस्पर्धी मूल्य र नेपालीको स्वदेशी ब्राण्ड रहेको कम्पनीले जनाएको छ ।

३५० कर्मचारीहरूको टिमका साथ सम्पूर्ण निर्माण प्रक्रियाहरू अत्याधुनिक, अल्ट्रा-आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चा पदार्थसहित स्पेनिश गलेज मसीको प्रयोग गररी कम्पनीले नेपाली ग्राहकहरूको चाहनाअनुरूपको रोजाइ तथा प्राथमिकताका टाइलहरू उत्पादन गरेको छ ।
कम्पनीले नेपालमा पहिलो पटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, थांका/पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोनलगायतका नेपालको कला र संस्कृतिलाई टाइल्स मा प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार प्राइम टाइल्सले विश्वव्यापी मापदण्ड पूरा गर्ने नेपाली ब्राण्ड भएकामा निकै सन्तुष्टि महसुस गरेको छ । कम्पनीले आयातित टाइल्सलाई आंशिक रूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर