
आइतबार बस्ने भनिएका संसदका दुवै सदनको बैठक सर्याे

प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।
यसैगरी आइतबार अपराह्न १:१५ मा बस्नेग री निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११:३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।
प्रतिक्रिया