कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू भएको हो ।

बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रीका लागि नेताहरूको नामका विषयमा छलफल र निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसले बताएको छ ।

बैठकमा विपद् व्यवस्थापनका बारेमा पनि छलफल हुने र सरकारलाई विपद् न्यूनीकरणका लागि सरकारलाई सुझाव दिइने बताइएको छ । साथै नेपाली कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर